प्रधानाध्यापकको सरुवालाई लिएर विद्यालयका विद्यार्थीहरूले गरेको प्रदर्शनले वीरगञ्जको घन्टाघरको अवस्था तनावपूर्ण बनेको छ।
लाठी लिएर विद्यार्थीले प्रदर्शन गर्नुको साथै रेलिङ तोडफोड गरेपछि प्रहरीले बल प्रयोग गरेको छ।
वीरगञ्जस्थित माइस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवा रोकाउन महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको विरोधमा तीन दिनदेखि विद्यार्थीहरू प्रदर्शन गर्दै आएका छन्।
बुधबार बिहान लाठी लिएर गरिएको प्रदर्शन उग्र बनेपछि प्रहरीले बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
वीरगन्ज महानगरपालिकाले आठ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको सरुवा रोकाउन विद्यार्थीहरूले आन्दोलन चर्काएका हुन्।
महानगरपालिकाको विरोधमा चर्को नाराबाजी गर्दै विद्यार्थीहरूले गरेको प्रदर्शनले वीरगन्ज बजार समेत बन्द भएको छ।
प्रअको सरुवा फिर्ता गर्नुपर्ने विद्यार्थीहरूको अडान रहेको छ। राम्रो आयस्रोतको रूपमा मानिएका दुवै माध्यमिक विद्यालयका सरुवामा परेका दुवै प्रधानाध्यापकहरूले विद्यार्थीहरूलाई उचालेर आन्दोलन गराएको आरोप सामाजिक सञ्जालदेखि वीरगञ्ज महानगरले लगाउँदै आएको छ।
हेर्नुहोस् यो पनि,
सेतोपाटी एक्सक्लुसिभ
बमजन आश्रममा यौन शोषण, हत्या-हिंसाको दुष्चक्र