वीरगन्जमा एक पत्रकारमाथि तेजाब प्रहार भएको छ। वीरगन्जबाट प्रकाशित हुने बाईपास दैनिकका प्रकाशक सम्पादक धीरज दारूकामाथि मगंलबार दिउँसो तेजाब प्रहार भएको हो।
वीरगन्जको आदर्शनगरस्थित आफ्नै घरमा बसेको समयमा छिमेकी मनिषा सिंहले तेजाब प्रहार गरेको दारूखाले सेतोपाटीसँग भने। मनिषा बस्ने गरेको जग्गा खाली गराउने विषयलाई लिएर केही दिनदेखि चलिरहेको विवादको कारण आफूमाथि उनले तेजाब प्रहार गरेको दारुकाको भनाइ छ।
यसैबीच मनिषा सिंहलाई पक्राउ गरि घटनाको बारेमा आवश्य अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
तेजाब प्रहारबाट पिठ्यू र खुट्टामा असर गरेको दारूकाको भनाइ छ।