नेपालीहरुको महान चाड बडा दशैँ आजबाट सुरू भएको छ।
शहर बजारमा किनमेल गर्नेको घुईँचो बढ्दो छ । भोलिदेखि सुरू हुने नवरात्रमा विशेष गरी शक्ति स्वरुपा भगवतिका विविध रुपहरुको पूजा हुन्छ । त्यसका लागि देवीहरुका मूर्ति बनाइन्छ।
हरेक वर्ष दुर्गा पूजाका लागि चाहिने देवी देवताका मूर्ति बनाउनका लागि नेपालकै तराई तथा भारतबाट मूर्ति बनाउने पेशामा रहेका कालिगढहरु काठमाडौं आउने गर्छन्। काठमाडौंका विभिन्न ठाउँमा अहिले दुर्गा पूजाका लागि चाहिने माटोका मूर्तिहरुको निर्माणमा विभिन्न समूह जुटेका छन् ।
ललितपुरको कुपण्डोलमा पनि मूर्ति बनाउने समूह विभिन्न देवी देवताका मूर्ति बनाउन व्यस्त छन् । विशेष गरी नवदुर्गाका लागि चाहिने देवीका मूर्तिहरु बनाइरहेका छन् ।
कालिगढले दुर्गा, सरस्वति, लक्ष्मी, कार्तिक, गणेशसहितका देवी देवता तथा महिसासुर, शुम्भ निशुम्भसहितका दैत्यहरुको पनि मूर्ति बनाइएको छ। हेर्नुहोस् तस्बिरमा यसरी बनाइए मूर्तिहरू।