काठमाडौं प्रहरीले तस्करीको तीन किलोग्राम सुन समातेको छ।
रसुवाको केरूङ नाका हुँदै आएको उक्त सुनसहित प्रहरीले दुई जना भरिया पनि समातेको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए।
पक्राउ पर्नेमा रसुवा गोसाइकुण्ड गाउँपालिका -१ घर भएका २४ वर्षीय नर बहादुर घले र २० वर्षीय पेम्बा तामाङ रहेका छन्।
भदौ २३ गते गोरखा प्रहरीले १० किलो अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको थियो।