स्याङजामा एक प्रहरीले आफैंमाथि गोली प्रहार गरी आत्महत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार कारागार सुरक्षा गार्डमा कार्यरत नवलपरासी विनयी त्रिवेणीका प्रहरी जवान जितेन्द्र थापा मगरले शनिबार राति आफैंलाई गोली हानेका हुन्।
प्रहरीका अुनसार कारागारको मूल गेटमा डिउटी खटिएका उनले राइफलबाट १ राउण्ड गोली आफ्नै च्यापुमा हानेका थिए।
गोली लागेर गम्भीर घाइते उनको उपचारकै क्रममा आइतबार बिहान जिल्ला अस्पतालमा मृत्यु भएको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।