ललितपुर महानगरपालिकाले करिब १ महिनादेखि फोहोर नउठाएपछि ललितपुर पाटनका स्थित वडा नं ८,९ र १२ का स्थानीयले सडकमै फोहोर फालेर विरोध जनाएका छन्।
महानगरपालिकाले करिब १ महिनादेखि फोहोर नउठाएपछि स्थानीयले फालेको फोहोरले बजारनै दुर्घन्धित भएको छ।
‘टोल नै दुर्गन्धले बसिसक्नु नभएकाले नगरपालिकासम्म यो समस्या पुगोस् भनेर हामीले यस्तो विरोध गरेका हौ,’ स्थानीयबासीले सेतोपाटीसँग भने।
फोहोर जथाभावी फाल्दा स्थानीयले मात्र दुःख पाएको र यसरी बाटो अवरूद्द गरेपछि सबैले दुःख पाउने र नगरपालिकालाई जानकारी हुने स्थानीय राजु महर्जनले बताए।
महर्जनका अनुसार जथाभावी फोहोर नफालौं आफ्नो घर मात्र सफा भएर हुँदैन सबै टोल बस्तीनै सफा हुनुपर्छ भन्ने स्थानीयहरू महिनौंसम्म नगरपालिकाले फोहोर नउठाउँदा बाध्य भएर यसो गरेका हुन्।