भक्तपुरमा सोमबार प्रहरी इन्काउन्टरमा परी २ जना ‘अपहरणकारी’ को मृत्यु भएको छ।
महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहका अनुसार आइतबार साँझ काँडाघारीबाट अपरहणमा परेका बालकको शव डोलेश्वरमा भेटिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा अपहरणकारी पनि त्यही क्षेत्रमा लुकेको सूचना आयो।
प्रहरीले पिछा गर्दै जाँदा प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले जवाफी कारबाहीमा चलाएको गोली लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा अजय तामाङ र गोपाल तामाङ रहेको एसएसपी सिंहले जानकारी दिए।
घटनास्थलबाट प्रहरी एक थान पेस्तोल, दुई राउन्ड गोली र फिरौती माग्न प्रयोग भएको सिमकार्ड बरामद गरेको छ।
यसअघि आइतबार राति काठमाडौंको काडाँघारीबाट ११ वर्षीय बालकको अपहरण भएको थियो।
सिन्धुपाल्चोकका स्थायी घर भई काडाँघारीमा आमाबुवासँग डेरामा बस्ने बस्ने निशान खड्का अपहरणमा परेका थिए।
अपहरणकारीले सोमबार बालकको परिवारसँग फिरौती रकम मागेका थिए।
बालकलाई अपहरण गरेको भन्दै चालिस लाख रुपैयाँ फिरौती रकम मागेको भन्दै परिवारले प्रहरीलाई जानकारी गराएका थिए।
भक्तपुरमा अपहरणपछि बालकको हत्या