काठमाडौंमा जथाभावी बाटो काट्नेलाई प्रहरीले समाउने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आकाशे पुल र जेब्राक्रस भएको ठाउँमा जथाभावी बाटो काट्नेलाई समातेर प्रशिक्षण दिएरमात्र छोड्ने नयाँ नियम ल्याएको हो।
उपत्यकाका कोटेश्वर, ठिमी, नयाँबानेश्वर, थापाथली, पूरानो बसपार्क, केशहरमल, सिंहदरबार,गौशाला, महाजगञ्ज, कालीमाटी र जावलाखेलमा जथाभावी बाटो काट्ने यात्रु समाउन ट्राफिक प्रहरी परिचालन गरिएको महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले जानकारी दिए।
‘पैदल यात्रुलाई सचेतना दिन पहिलो चरणमा यस्तो व्यवस्था लागु गरेका हौं,' पन्तले भने,'उनीहरूलाई सडकमै क्लास दिएर छोडिदिन्छौं।'
यसअघि गत वर्ष जेठ १६ गतेदेखि ट्राफिकले जथाभावी बाटो काट्ने यात्रुलाई २ सय रूपैया जरिवाना तिराउने र ३ घन्टा प्रहरी नियन्त्रणमा बस्नुपर्ने नियम ल्याएको थियो।
१५ दिनपछि त्यो नियम हटाइएको थियो।
यो पनि पढ्नस :