उपत्यकामा हुने चोरी/डकैती नियन्त्रण गर्न प्रहरीले थालेको १५ दिने विषेश अभियानमा ३०७ जना चोर पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखाले काठमाडौं, भक्तपुर र ललितपुर तथा उपत्यका भरीका प्रहरी वृत्तसँग समन्वय गरी १५ दिने चोरी/डकैती अभियान थालेको थियो।
उपत्यकामा चोरीका घटना बढ्न थालेपछि महाशाखाले १५ दिने चोरी नियन्त्रण अभियान संचालन गरेको र सो अभियान अन्तर्गत आईतबारसम्म ३०७ जना विभिन्न चोरी तथा डकैती घट्नामा संलग्न ब्यक्तिलाई नियन्त्रणमा लिएको एसएसपी धीरजप्रताप सिंहले बताए।
गएको जेठ १३ गतेबाट सुरू अभियानमा स्थानीय प्रहरीसँग समन्वय गरी अभियान सञ्चालन गरेको एसएसपी सिंहले सेतोपाटीलाई जानकारी दिए।
‘विषेश गरी दिउँसोको समयमा बन्द रहेका घरमा कोही नभएको मौका छोपी ताल्चा फोरेर हुने गरेका चोरी घटनाहरू, रातको समयमा बिशेषतः सहकारी संस्था, बितिय संस्थालगाएतमा चोरी हुने गरेको भेटिएपछि हामीले अभियाननै सञ्चालन गरेका हौं,’ एसएसपी सिंहले भने।
त्यसैगरी भिडभाडको फाईदा उठाई हुने पाकेटमारी, लुटपाट, सिक्रि तथा सुनका गरगहना तान्नेलगायत अन्य अपराधिक घटनालाई निमिट्यान्न पार्न प्रहरी परिचान गरेको उनले बताए।
त्यसैगरी डलर देखाई साटिदिन्छु भन्ने, सुन खसाली हुने ठगी, सुन किन्ने बहाना बनाई नक्कली सुन देखाई ठगी गर्ने, खोर्सानीको धुलो प्रयोग गरि हुने लुटपाटलाई नियन्त्रण गर्न प्रयाप्त प्रहरी परिचान गरी सो कार्यमा लाग्ने गरेका ब्यक्तिलाई नियन्त्रणमा लिइएको उनले बताए।
त्यसैगरी अभियानकै दौरान मानिसको भेला जम्मा हुने स्थान, बसपार्कहरू, बैंक तथा बित्तिय संस्था, व्यापारिक प्रतिष्ठान, भिड बढी हुने स्थानहरू सार्वजनिक सवारी साधनहरू, व्यापारिक केन्द्र आदि जस्ता चोरी हुने क्षेत्र पहिचान गरी सादा पोशाकमा प्रहरी परिचालन गरिएको थियो।
चोरी नियन्त्रणलाई अभियानमा बिहान १० बजेदेखि ६ बजेसम्म सादा पोशाकमा गस्ती, राति ९ बजेदेखि पेट्रिलिङ गस्ती तथा आकस्मिक चेक जाँच गर्ने गरिएको, महाशाखाले जनाएको छ।
त्यस्तै रातको समयमा दैनिक रूपमा ११ बजेदेखि बिहान ४ बजेसम्म एम्बुस डिउँटीसमेत गर्ने गरेको महाशाखाले जनाएको छ।
यो पनि हेर्नुहोस्