दाङमा एक युवाको भाँचिएको लिंगको सफल अप्रेशन भएको छ।
यौन सम्पर्क गर्दा लिंग भाँचिएको (Penile Fracture) भएका २९ वर्षीय ती युवकको सफल अप्रेशन गरिएको घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटलका चिकित्सक डा. रमेश बस्नेतले जानकारी दिए।
रोल्पा स्थायी घर भएका ती युवक पछिल्लो समय दाङको तुलसीपुरमा बस्दै आएका थिए। यौन सम्पर्क गर्ने क्रममा लिंग भाँचिएको तथा लिंगमा रगत जमेको अवस्थामा हस्पिटलमा ल्याएपछि उनको सफल अप्रेशन भएको डा. बस्नेतले बताए।
‘लिंग भाँचिएका यस्ता घटनाहरू दुर्लभ मात्रामा आउने गर्दछन्,’ डा. बस्नेतले भने, ‘मैले काठमाडौंस्थित टिचिङ अस्पतालमा काम गर्दा तीन वटा जति त्यस्ता अप्रेसन गरेको अनुभवको आधारमा हाम्रो टिमले शुक्रबार सफल अप्रेशन गरेको हो।’
उनले दाङमा हालसम्म आफूले दुई जना यस्ता व्यक्तिको भाँचिएको लिंग अप्रेशन गरिसकेको बताए।
अप्रेसन गरिएका युवाको अवस्था सामान्य रहेको डा. बस्नेतले बताए। उनले यौन सम्पर्क गर्ने क्रममा लिंग हड्डीमा ठोक्किन पुग्दा भाँचिने खतरा रहने जानकारी दिए।
लिंग भाँचिएपछि उत्तेजना नहुने, लिंग निस्किृय बन्ने र लिंगमा रगत जम्ने समस्या उत्पनन हुने डा. बस्नेतले बताए।