वैदेशिक रोजगारीमा मलेसिया पठाउने नाममा ठगी गर्दै आएका १३ जना मेडिकल व्यवसायी धरौटीमा छुटेका छन्।
काठमाडौं जिल्ला अदालतको आदेशमा मंगलबार धरौटी बुझाएर रिहा हुनेमा निमीकुमारी तिवारी, करुणा शर्मा, रामकृष्ण अवस्थी र ईश्वर भण्डारी रहेका छन्। तिवारीले १५ लाख रुपैयाँ, भण्डारीले २ लाख ५० हजार रुपैयाँ र शर्मा र अवस्थीले जनही २५ हजार रुपैयाँ घरौटी बुझाएका हुन्।
सोमबार व्यवसायी चन्द्र राई, विदुर थापा, यमबहादुर खड्का, दिनेशराज श्रेष्ठ, देवेन्द्र आचार्य र गणेश तिमिल्सिना धरौटी बुझाएर रिहा भएका थिए।
श्रेष्ठले ३० लाख रुपैयाँ, राईले ५ लाख, आचार्यले ६ लाख, थापाले ५० हजार, तिमिल्सिनाले २० हजार र बुधवार रोजिना शाक्यसहित अन्य ३ जनाले १५/१५ लाख धरौटी रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।