राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको छ।
विगत केही हप्तायता ग्रान्डी अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि आन्तरिक रक्तश्राव नरोकिएपछि राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि बुधबार अपरान्ह मेदान्त अस्पताल लगिएको हो।
अस्पतालले राष्ट्रकवि घिमिरेलाई एम्बुलेन्समा राखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याएको थियो। ग्यास्ट्राइटीस र उच्च रक्तचापका कारण थला परेका राष्ट्रकवि घिमिरेको दिसामा समेत रगत देखिन थालेपछि ग्रान्डी अस्पतालमा नै भर्ना गरेर राखिएको थियो।
उनको उपचारमा संलग्न चिकित्सकहरूको सिफारिशमा थप उपचारका लागि दिल्ली लगिएको हो। राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएको खबर पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा मेदान्त अस्पतालमा थप उपचारका लागि बुधबार अपरान्ह लगिएको हो।
९९ वर्षीय राष्ट्रकवि घिमिरेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने पनि प्रधानमन्त्री ओलीको बताएका छन्।