जिल्ला अदालत मोरङले ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्यामा पुर्पक्षको लागि जेल चलान गरिएका २८ जनालाई क्षेत्रीय कारागार झुम्का लग्ने तयारी गरिएको छ।
मोरङ कारागारमा ठाँउ नभएपछि उनीहरूलाई क्षेत्रीय कारागार झुम्का लग्ने तयारी गरिएको हो।
मोरङ कारागारमा ठाउँ नहुँदा २८ जनालाई अहिलसम्म जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा नै राखिएको छ। अदालतबाट आदेश आएपछि मात्र झुम्का लगिने भएको हो।
मंगलाबार काठमाडौंको गौरिघाटबाट पक्राउ गरिएका चुडामणि उप्रेति गोरेलाई भने बयानको लागि जिल्ला अदालत मोरङ उपस्थित गराइएको छ।