दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको बलात्कारकाण्डका मुख्य अभियुक्त शैलेश कार्कीलाई पुर्पक्षको लागि जेल चलान गरिएको छ।
सोमबार जिल्ला अदालतको आदेश अनुसार उनलाई जेल चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिएका छन्।
डिएसपी थापाले भने, ‘अदालतको आदेश अनुसार कार्कीलाई जेल चलान गरिएको हो। योजनाकार कार्कीलाई प्रहरीले गएको चैत ६ गते काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको थियो।
कार्कीलाई सेन्टर जेल सुन्धरा लगिएको हो। प्रहरीले घटनामा संलग्न मुख्य आरोपी शैलेश कार्कीसहित ४ जनालाई प्रतिवादी बनाइएको छ।
प्रतिवादी बनाएका तीन जना रवि पौडेल, विकास गौतम र दीपक श्रेष्ठलाई फरार छन्। उनीहरूको खोजी गर्ने प्रहरीले डिफ्यूजन नोटिससमेत जारी गरेको डिएसपी थापाले बताए।