प्रहरीले नक्कली नोट लिएर क्यासिनोमा जुवा खेल्ने जोर्डनका एक नागरिकलाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखा टोलीले आइतबार ६६ वर्षे जोर्डनका नागरिक माजिन अब्दिलजबार फालेब एलसालिमेनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
उनी गएको अप्रिल ३० मा नेपाल आएका थिए। उनी विभिन्न देशका नक्कली नोट लिएर नेपालमा क्यासिनो खेल्न आउने गरेको प्रहरीले बताएको छ।
उनको साथबाट प्रहरीले विभिन्न देशका नक्कली नोट बरामद गरेको छ। उनको साथबाट नक्कली अमेरिकी डलर, ५०० अमेरिकी डलरको ट्राभलर चेक, साउदी रियाल, युरो, टर्किस लिरा लगायतका नक्कली नोट बरामद भएको प्रहरीले जानकारी दिएको छ।