माइ इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सञ्चालक अनिल गजमेरलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो।
सञ्चालक गजमेरले विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको परिसरका डिएसपी मोहनकुमार थापाले बताए।
डिएसपी थापाले भने, ‘रकम ठगी गरेको उजुरी परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएका हौं।’
गजमेर विरुद्ध एक महिलाले ३५ लाख रुपैयाँ ठगी गरेको उजुरी प्रहरीकोमा दिएकी छिन्।