गर्भवती बोकेको एम्बुलेन्स दुर्घटना हुँदा सल्यानमा एकजनाको मृत्यु भएको छ ।
सल्यानको बागचौर नगरपालिका वडा नं. २ चिलढालेबाट गर्भवति बोकेर थारमारे जाँदै गरेको प्राथमिक स्वास्थ केन्द्र थारमारेको रा १ झ १३४ नम्बरको एम्बुलेन्स सोमबार दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि गर्भवतिका साथमा गएकि आफन्त ४४ बर्षीय जानकी बुढाथोकीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा ४ जना घाइते भएका छन् । ट्राफिक प्रहरी कार्यालय सल्यानका अनुसार घाईते हुनेहरुमा १९ वर्षीय गर्भवती कल्पना चलाउने, ४६ वर्षका बल बुढाथोकी, ३५ वर्षीय डम्बरी बुढाथोकी र ४० बर्षका रामबहादुर बुढाथोकी रहेका छन् ।
घाइतेहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।