आइतबार बसेको मन्त्रीपरिषदको बैठकले जारी ३३ किलो सुन तस्करी प्रकरण सम्बन्धी छानबिन गरिरहेको विशेष अनुसन्धान टोलीको म्याद ०७५ जेठ मसान्तसम्म थप गरेको छ।
विगत ५ वर्षदेखि विमानस्थलबाट सुन तस्करी हुने गरेको तथ्य बाहिरिएसँगै गृह मन्त्रालयका सहसचिव इश्वरचन्द्र पौडेलको संयोजकत्वमा गृहले छानबिन समिति बनाएको थियो।
चैत २० गते गठित समितिको म्याद जेठ ४ गते सकिएको थियो। समितिलाई सो समयमा ४५ दिनको म्याद तोकिएको थियो।
सुन तस्करी गिरोहमा आबद्ध सनम शाक्यको हत्या घटनाको अनुसन्धान गर्ने क्रममा विमानस्थलबाट ठूलोमात्रामा सुन तस्करी हुने गरेको तथ्य खुलेपछी सरकारले गम्भिरतापूर्वक समिति मार्फत अनुसन्धान अघि बढाइरहेको छ।