भिएलएन नेपाल हार्वेस्ट ग्रुप अफ कम्पनीका अध्यक्ष राम श्रेष्ठ पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अध्यक्ष श्रेष्ठलाई आइतबार दिउँसो पक्राउ गरेको हो।
जिएसजीले बायोमेट्रिक मेडिकलको डाटाहरू राख्ने काम गरेको थियो। ग्रुपका अन्य सदस्यलाई समेत पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले जनानकारी दिए।
पक्राउ परेका व्यक्तिलाई नेपाल पुलिस क्लबमा राखिएको छ। भिएलएन नेपाल नामक संस्थाले दुई अर्ब ४२ करोड रुपैयाँ गैरकानूनी रूपमा उठाएको बताइएको छ।