प्रहरीले गत बुधबार राजधानीका विभिन्न स्थानबाट बरामद गरेको नेपाली रुपैयाँ नक्कली भएको पुष्टी भएको छ।
प्रहरीले बरामद गरेको २ करोड ६० लाख ६३ हजार रुपैयाँ नोट नक्कली भएको नेपाल राष्ट्र बैंकले पुष्टी गरेको हो।
१ हजार दरका १० वटा नोट परीक्षण गर्दा आधिकारिक नभई जाली भएकाले कानूनी प्रक्रिया अगाडि बढाउन राष्ट्र बैंकले प्रहरीलाई निर्देशन दिएको छ।
प्रहरीले नक्कली नोटसहित निर्माता वाग्ले र ६ जनालाई गत बुधबार नियन्त्रणमा लिएको थियो।
निर्माता वाग्लेको कोठाबाट मात्रै हजार दरका नक्कली नोट २ करोड ५२ लाख रुपैयाँ बरामद भएको थियो।