दुई महिना लामो तत्कालीन एपेक्स बैंक घोटालाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले टुंग्याएको छ।
ब्यूरोले सरकारी वकिल कार्यालयमार्फत् १ सय ४८ जनाभन्दा बढी विरुद्ध पाटन उच्च अदालतमा बैंकिङ कसुर मुद्दा दर्ता गराएको हो। लामो समयको अनुसन्धानपछि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको ब्यूरोका एसपी बुद्धि तामाङले बताए।
प्रतिवादीहरूमा एपेक्स बैंकका अध्यक्ष विष्णु धिताल, इच्छाबहादुर गुरुङ, सुवर्ण राजभण्डारी, बधुवनलाल श्रेष्ठ, ऋषिराज भट्ट, दुर्गादत्त जोशी, रामचन्द्र बसौला, विकास श्रेष्ठ, सागर न्यौपाने, मानबहादुर राउत, विनितमणि उपाध्याय, मोहन खरेल र सुदीप थापा लगायत रहेका छन्।
ब्यूरोले १ अर्ब २३ करोड ५० लाख ५४ हजार ४ सय बिगो दाबीसहित मुद्दा बुझाएको हो।