१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथर प्रहरीले एक युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा फिदिम नगरपालिका ४ का २२ वर्षीय मनोज लिम्बु रहेका छन्। उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
पीडित बालिकालाई आरोपितले वैशाख ३० गते बलात्कार गरेको आरोप छ। पीडितका आफन्तले उजुरी दिएकै दिन आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई विष्णु खड्काले जानकारी दिए।
पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा उपचार जिल्ला अस्पताल पाँचथरमा गरिएको छ।