नेपाल विद्यार्थी संघ प्राविधिक विद्यार्थी परिषद् (FOTS-NEPAL) केन्द्रीय समितिले इन्जिनियरिङ अध्ययन संस्थान डिन कार्यालय पुलचोकमा अनिश्चितकालीन तालाबन्दी गरेको छ।
विद्यार्थीका समस्या तत्काल सामधानका निम्ति पहल गर्न ३ बुँदे माग सहित ७ दिने अल्टिमेटम दिँदा पनि बेवास्था गरेका कारण परिषद्ले अनिश्चितकालीन तालाबन्दी गरेको हो।
इअसले चरम लापरवाही गर्दै विद्यार्थीका समस्यालाई बेवास्था गरेको, २७ वैशाखमा परिषदद्वारा प्राविधिक शिक्षा क्षेत्रमा देखिएका समस्या,परीक्षा प्रणालीमा देखिएका समस्या सुधार लगायतका मागहरू राख्दै आएको परिषद्का अध्यक्ष सिजन दाहालले बताए ।
आफूहरूको सम्बोधन अविलम्ब पुरा नगरे कडा आन्दोलनमा उत्रन बाध्य हुने प्राविधक नेता ई.भुवन भट्टले बताए ।
प्राविधिक नेताहरू शशांक लामिछाने,केशव थापा,विजय शेरचन थकाली, विश्वास पोखरेल,अजय घलान,अमन भुसाल,क्षितिज सिं ठकुरि,विश्वास आचार्य, श्रीकृष्ण भट्टराई, प्रकाश खड्का, निरु चौधरी,श्रृङ्गा कोइराला, रुपेश पौडेल लगायतका विद्यार्थी नेताले नाराबाजीसहित डिन कार्यालयमा तालाबन्दी गरेका थिए ।