ललितपुरको बुङ्मतीस्थित ‘देः पुखु’ मा कलात्मक पौवा चित्र राखिएको छ।
लोकेश्वरको आठ अवतार कुदिएको चित्र पोखरीको भित्तामा राखिएको हो। पोखरीको सौन्दर्य र शोभा बढाउन स्थानीयहरूले मिलेर पौवा चित्र राखिएको स्थानीय अमीर शाक्यले बताए।
‘लोकेश्वरले मछिन्द्रनाथलाई प्रतिनिधित्व गर्छ। मछिन्द्रनाथ र बुङ्मतीको वर्षौंदेखिको सम्बन्ध छ,’ उनले भने, ‘मौलिक संस्कृतिको पनि संरक्षण भयो। पोखरीको सौन्दर्य पनि बढाउने हुँदा पनि पौवा चित्र राखेका हाैं।’
भित्तामा कुदिएको नभई फ्लेक्सको चित्र राखिएको छ भने बीचबीचमा बत्ती बाल्ने खोपी पनि बनाइएको छ।
‘सरकारले सहयोग गर्यो भने अर्को साल भित्ते चित्र नै राख्ने तयारीमा छौं,’ शाक्यले भने।
नेवारीमा देः भनेको देश र पुखु भनेको पोखरी हाे। यो पोखरीमा प्रत्येक १२ वर्षमा मछिन्द्रनाथको वेद स्नान पनि गरिन्छ।