घरमा जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरी कान्छी श्रीमती भित्र्याउने नव दुलाहा दुलहीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कुम्मायक गाउँपालिका १ का श्रीमान् विवश मोते र कान्छि श्रीमती सुमित्रा नेपाली रहेका छन् ।
पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका १ बस्ने जेठी श्रीमती सुनिता परियारले आफू हुँदाहुँदै पनि आफ्नो श्रीमानले दोस्रो विवाह गरी भित्र्याएको भन्दै जिल्ला प्रहरी कार्यालय पाँचथरमा कानून बमोजिम कार्वाही गरी पाउँ भनी उजुरी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत पाँचथरबाट बहुविवाह मुद्दामा म्याद थप गरी कार्वाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।