पोखराका दुई ठाउँमा बम फेला परेको छ।
विप्लव माओवादीले गरेको बन्दका बेला बम फेला परेकाले उनीहरूले नै तर्साउनका लागि राखेको हुन सक्ने प्रहरीले जनाएको छ।
पोखरा लेखनाथ महानगरपालिकाको विजयपुर र पोखरा विमानस्थल अगाडि बम फेला परेको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए।
विजयपुरको बम नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ भने विमानस्थल अगाडिको शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी गरेको उनले बताए।
बम विप्लव माओवादीका कार्यकर्ताले राखेको हुनसक्ने प्रहरीको भनाइ छ। पोखरामा प्रदेशस्तरको सुरक्षा समितिको छलफल चलिरहको छ।