नेपालको हेल्थकेयर क्षेत्रमा क्रियाशिल युवा उद्यमी कैलाश खड्का एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्डबाट पुरस्कृत भएका छन्।
सिंगापुरको ‘एसिया वान’ म्यागजिनले प्रत्येक वर्ष दिने यो अवार्डबाट यस वर्ष हेल्थकेयर क्षेत्रमा विगत ढेड दशकदेखि क्रियाशिल नेपाली उद्यमी खड्का पुरस्कृत भएका हुन्। खड्कालाई बुधबार साँझ दुवईमा आयोजित विशेष कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो।
यो अवार्ड ४० वर्ष कम उमेरका व्यक्तिले निश्चित क्षेत्रमा गरेको उद्यमसिशलताको बहुआयमिक विश्लेषण गरेर प्रदान गरिन्छ। नेपालबाट पुरस्कृत हुने उनी यस वर्षका पहिलो नेपाली युवा उद्यमी हुन्।
३४ वर्षिय खड्कालाई ‘मस्ट इन्फुलेन्सियल एसियन अन्डर ४०’को उपाधिबाट पुरस्कृत गरिएको छ ।
उक्त अवार्डका लागि ४० बर्षभन्दा कम उमेरका युवा उद्यमीले समाज परिवर्तनमा देखाएको प्रभावकारीता, प्रभाव, प्रगती र योगदानलाई मुख्य आधार बनाईने आयोजकले बताएका छन् ।
सिंगापुरको ‘एसिया वान’ पत्रिकाले स्वतन्त्र अनुसन्धन टिम बनाएर एसियाभर अध्ययन गरेर अवार्डका लागि नोमिनेशन गर्ने र छनोट समितिले अवार्डका लागि चयन गर्छ। सिंगापुरको प्रतिष्ठित म्याग्जिनले प्रदान गर्ने यो अवार्ड ४० वर्षभन्दा कम उमेरका एसियन युवा उद्यमीलाई प्रदान गरिन्छन्।
विगत चार वर्षदेखि नेपाल स्वास्थ्य व्यवशायी महासंघको अध्यक्ष रहेका खड्का वेलकेयर हस्पिटल एण्ड रिसर्च सेन्टर र वेलकेयर इन्स्टीच्यूट अफ मेडिकल साईन्स एण्ड टेक्नोलोजीका अध्यक्ष हुन्। उनी प्राईभेट हस्पिटल एसोसियसन (अपिन) का केन्द्रीय सदस्य पनि हुन्।
अष्ट्रेलियाको सेन्टरल क्विन्सल्याण्ड युनिभरसिटीमा अध्ययन गरेर फर्किएका खड्का हेल्थकेयरको माइक्रो अनुसन्धानको क्षेत्रमा पनि क्रियाशिल छन्। उनी विगत दुई दशकदेखि नेपालको हेल्र्थकेयरका विभिन्न क्षेत्रमा सक्रिय छन्। श्रम तथा रोजगार मन्त्रालयको विज्ञ समूहमा पनि उनी सदस्य छन् ।