३३ किलो सुन काण्डमा पक्राउ परेका राप्रपा नेपालका नेता भुजुङ गुरुङका चालक पक्राउ परेका छन्।
सरकारी छानबिन टोलीले गुरुङका चालकलाई बुधबार उपत्यकाबाट पक्राउ परेको स्रोतले जानकारी दिएको हो।
३३ किलो सुनकाण्ड र सनम शाक्य हत्यापछि पक्राउ परेका गुरुङलाई तस्करीको सुनमा लगानी गर्ने गरेको तथ्य भेटिएपछि समितिले यस अघिनै पक्राउ गरी मुद्दा चलाएको छ।
बुधबार पक्राउ परेका गुरुङका चालकलाई समितिले बयान लिने काम भइरहेको स्रोतले बतायो।
चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने भएका कारण उनलाई नियन्त्रण लिइएको स्रोतले जानकारी दियो।