पोखराको पर्यटकीय शहर लेकसाइडमा रहेका घर परिवार र भाडामा बस्नेहरुको तथ्याङक लिन सुरु गरेको छ। सामुदायी प्रहरी केन्द्र बैदाम, वडा प्रहरी कार्यलय बैदाम र पोखरालेखनाथ महानगरपालिका वडा नम्बर ६ को सक्रियातामा डिजिटल रुपमा तथ्याङक संकलन गरेर तथ्याङक राख्न सुरु गरेको हो ।
प्रत्येक घरमा कति जना सदस्यहरु छन् र भाडामा बस्छन्, को-को बस्छन् भन्ने तथ्याङक राखीने सामुदायीक प्रहरी केन्द्र बैदामका अध्यक्ष भिम पराजुलीले जानकारी दिए। उनले सामुदायीक प्रहरी केन्द्र बैदामबाट १० र पोखरा ६ वडाबाट १० जना गरि २० जनाले तथ्याङक संकलन गर्ने बताए । संकलन गर्न करिब १ महिना लाग्ने पराजुलीले बताए।
डिजिटल तथ्याङक संकलनबाट विकास निर्माणका साथै अपराध अनुसन्धान गर्न पनि सहज हुने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख अशोक सिंहले बताए। उनले कुन व्यक्ति कुन घरमा बस्छ भने जानकारी डिजिटल एप्सबाट थाहा हुने भए पछि अपराधीलाई सहजै पक्राउ गर्न समेत सहयोग हुने बताए।
मोवाइल एप्सबाट तथ्याङक संकलन गरिने छ। व्यक्तिको फोटो, नागरिकता नम्बर, शिक्षा, पेसा लगाएतका तथ्याङका संकलन गर्ने सफ्टयोर निर्माण गरेका निर्मल गुरुङले बताए। उनले व्यक्तिको हुलिया सहित राखीने हुदाँ कुन व्यक्ति कहाँ बस्छ भन्ने सहजै पत्ता लागउन सकिने बताए। विकसित देशहरुमा सबै तथ्याङकलाई डिजिट रुपमा रिखिदै आएको छ । नेपालमा पछि यो पहिलो प्यास भएको वडा नम्बर ६ का अध्यक्ष जगत पहारीले बताए । तथ्याङक संकलन पछि वडामा कति घर परिवार बस्छन्, के पेशा गर्दछन्, कहाँबाट आएका हुन् भन्ने जस्ता सबै तथ्याङक थाहा हुने पहारीको भनाई छ ।