वैशाख २१ गते नख्खु कारागारभित्र रहस्यमय मृत्यु भएका कैदी भक्तबहादुर सुनुवारको मृत्युबारे छानबिनका लागि प्रहरीले छानबिन समिति गठन गरेको छ।
महानगरीय प्रहरी परिसर ललितपुरले सुनुवारको मृत्युबारे अध्ययन गर्न एक छानबिन समिति गठन गरेको हो।
मृतकका आफन्तले जेलभित्र नै हत्या भएको हुन सक्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको परिसरका प्रमुख एसएपी गणेश ऐरले जानकारी दिए।
मृतक सुनुवार आफ्नै प्रेमिकाको हत्या गरेकोमा कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका थिए।