तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर बसपार्कस्थित बधशाला तथा मासु विक्री कक्षहरू एक हप्ता भित्रै सुधार नगरे कारवाही गर्ने चेतावनी दिएको छ।
तुलसीपुर उपमहानगरपालिकाका आर्थिक संयोजक तथा वडा नम्बर १८ का अध्यक्ष माधव वली नेतृत्वमा गएको अनुगमन टोलीले तुलसीपुर बसपार्क क्षेत्रका अधिकांश बधशाला तथा मासु पसलहरू फोहोर देखेपछि त्यस्तो चेतावनी दिएको हो।
‘बधशाला र मासु पसलमा निकै फोहोर भेटियो । तारजाली लगाएको पाइएन । झिंगा भन्किरहेको अवस्था थिए,’ अनुगमनपछि वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्र शाहले भने। बधशाला र मासु पसलहरूको सरसफाइ एक हप्ताभित्र गरिसक्न समय सीमा प्रदान गरिएको भन्दै उनले त्यसपछि कारवाही हुने बताए।
‘एक हप्ताभित्रै सुधार नगरे बधशाला सञ्चालक र मासु पसल बन्द गर्न बाध्य हुनेछौं,’ अध्यक्ष शाहले भने। उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत ललित घर्तीले यथाशक्य चाँडो सरसफाइमा सुधार गर्न चेतावनी दिएका थिए।
अनुगमनाका क्रममा कतिपय पसलमा मरेका कुखुरासमेत कुखुराको खोरमा देखेपछि तत्काल मरेका कुखुरा हटाउन अनुगमन टोलीले आग्रह गरेको थियो। उनले मासु पसलहरूमा तारजाली लगाएर सुरक्षित तवरले मासु विक्री गर्न आग्रह गरेका थिए।
https://youtu.be/5i7VvK4Ry_o