सोमबार काठमाडौंबाट पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजना मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको छ।
आफ्नै योजनामा गोली हान्न लगाएर त्रास फैलाएको भन्दै उनलाई मोरङ प्रहरीले पक्राउ गरेको थियो।
श्रीनिवासीलाई म्याद थपको लागि जिल्ला प्रशासन कार्यालय मोरङमा उपस्थित गराइएको थियो। जिल्ला प्रशासन कार्यालय मोरङले १० दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको प्रहरी कार्यालयका डिएसपी निशान्त थापाले जानकारी दिए।
चैत २५ गते मोरङको रानी जतुवामा रहेको जानकी मन्दिरमा सप्ताह महायज्ञ लगाउन टोलीसहित पुगेका श्रीनिवासमाथि बिहान शौच गर्न जाँदा अज्ञात समूहले गोली हानेको थियो।
शरीरमा दुई गोली लागेपछि विराटनगरस्थित न्यूरो अस्पतालमा उनको उपचार भएको थियो।