प्रहरीले काठमाडौंको न्यूरोडबाट १० लाख ४० हजारसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले हुण्डी कारोबारमा संलग्न झापा शिवसताक्षी नगरपालिकाका २४ वर्षीय बिपिन उप्रेतीलाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उप्रेतीलाई १० लाख ४० हजार स्रोत नखुलेको रकमसहित पक्राउ गरेको र उप्रेती हुण्डी कारोबारमा सक्रिय रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।
उप्रेतीबाट बरामद भएको मोबाइल चेकजाँच गर्दा हालसम्म ३३ लाख रकम कारोबार गरेको देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका उप्रेतीले उक्त हुण्डी कारोबारको मुख्य कारोबारी रमेश शिवाकोटी भएको बयान दिएका छन्।
शिवाकोटी भने फरार रहेको र उनीहरूको समूहबारे प्रहरीले अनुसन्धान जारी राखेको काठमाडौं प्रहरीले जनाएको छ।