स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सरकारी अस्पताललाई सरसफाइको नमूना बनाउने बताएकी छन्। आइतबार वीर अस्पतालको सरसफाइ अभियानलाई उद्घाटन गर्दै उनले सरकारी अस्पतालहरू सफा नभएसम्म यो अभियानलाई साथ दिने बताइन्।
वीर अस्पताल सरसफाइको जिम्मा अष्ट्रेलियाको खेम्स क्लिनिङले लिएको छ। यसले १५ दिनसम्म वीर अस्पतालको सरसफाइ गर्नुको साथै सरसफाइको आधुनिक तरिकाबारे कर्मचारीलाई तालिम पनि दिनेछ।
खेम्स क्लिनिङले स्वयंसेवी रूपमा अस्पतालको सफाइ अभियान चलाउने अस्पतालले जनाएको छ। अष्ट्रेलियाबाट आएका खेम शर्माको नेतृत्वमा वीर अस्पतालको सरसफाइ अभियान सुरू भएको हो ।
https://youtu.be/Is77uHJ7QtM