गर्भवती महिलाको मृत्यु भएपछि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा तनाव उत्पन्न भएको छ । कालिकोटको महावै गाउँपालिका ३ सिमखेतकी मनपषा सिहंको शुक्रबार मृत्यु भएको हो ।
३१ बर्षीय मनिषालाई उपचारका लागि बिहिबार सुर्खेत ल्याईएको थियो । उनलाई शनिबार बिहान मृत घोषणा गरिएको हो ।
उनको मृत्यु भएपछि अाफन्तहरूले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै अान्दोलन गरेका छन् ।
उनीहरूले डाक्टरलाई कारबाही, मृतकका अाफन्तलाई क्षतिपूर्ति लगायतका माग राख्दै अान्दोलन गरिरहेका छन ।
मनिषा र मनिषाको पेटमा भएको बच्चाको समेत मृत्यु भएको छ ।
यश बिषयमा अस्पताल प्रशासनले जवाफ दिन मानिरहेको छैन ।