पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष जीवन कुमार बन्जाडे र महासचिव पदमराज गहालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिन्डिकेट हटाउने सरकारको निर्णयबिरुद्ध आन्दोलित नेपाल लोकतान्त्रिक यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य बन्जाडे र महासचिव गाहालाई रूपन्देही प्रहरीले नियन्त्रणमा लिएको हो।
व्यवसायीले सार्वजनिक सवारी साधन नचलाएर आन्दोलनमा उत्रिएका बखत बुटवल मिलनचोकबाट प्रहरीले शुक्रबार दिउँसो बन्जाडेलाई नियन्त्रणमा लिएको हो।
सिन्डीकेट हटाउने सरकारी निणर्यको विरोध गर्दै यातायात ठप्प पार्ने यातायात ब्यावसायीलाई पक्राउ गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको थियो। सोही निर्देशका आधारमा व्यवसायीहरू पक्राउ पर्न थालेका हुन्।
हड्तालका कारण आम नागरिकलाई मर्का परेको भन्दै गृह मन्त्रालयले यातायात नचलाउने ब्यवसायीलाई पक्राउ गरी अत्याश्यक ऐन २०१४ अनुसार कारबाही गर्न गृहमन्त्री रामबहादुर थापाले ७७ जिल्लाका सिडिओलाई निर्देशन दिएका हुन्।