निजी विद्यालयले विद्यार्थी भर्ना र मासिक शुल्कमा मनपर्दी गरेको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संघसंगठनले बुधबार प्याब्सन र एनप्याब्सनको कार्यालयमा ताला लगाएका छन्।
डिल्लीबजारमा रहेको प्याब्सनको कार्यालय, कुपण्डोलमा रहेको एनप्याब्सनको कार्यालय र देशैभरका प्याब्सन, एनप्याब्सनको कार्यालयमा शुल्क वृद्धि फिर्ता लिन माग गर्दै ताला लगाएको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।
सरकारले जारी गरेको संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ विपरीत निजी विद्यालयले मनपरी शुल्क असुलेको अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संघसंगठनले आरोप लगाएका छन्।
निजी विद्यालयले मनपर्दी शुल्क उठाए पनि प्याब्सन र एनप्याब्सन मौन बसेर झन् सहयोग गरेको आरोप लगाउँदै कार्यालयमा ताला लगाइएको विद्यार्थीहरूले बताएका छन्।
शुल्क वृद्धि अबिलम्व फिर्ता नलिए विद्यार्थीले चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।
https://youtu.be/tGD7D7wBVS8