२०७२ साल माघ ३ गते ललितपुरको नख्खिपोटमा घरमा काम गर्न बसेकी एक ९ वर्षीया बालिकाको बलात्कृत भइन्। घरधनी ललितपुर नख्खिपोटका राकेश खड्काले श्रीमती छोरीसँगै कलकत्ता गएका बेला बालिकालाई बलात्कार गरेका थिए।
मादक पदार्थ सेवन गरी उनले बालिकामाथि बलात्कार गर्दै आएको अनुसन्धानबाट खुलेको थियो।
२०७२ पुस २२ गते सातदोबाटो प्रहरीले महालक्ष्मी नगरपालिका ज्यामीकोटका २१ वर्षीय सुमन नेपाली बिशंखेलाई पक्राउ गर्यो ।
विद्यालय जान लागेकी १४ वर्षीया किशोरीमाथि उनले जवर्जस्ती गर्न खोजेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनले सोही दिन ती किशोरीलाई बाटोमै बलात्कारको प्रयास गरेका थिए।
उनले यसअघि पनि आफूलाई बलात्कार गर्न खोजेको प्रहरीसमक्ष बताएकी छिन्। स्कुल जादाँ एकान्त सडकमा अश्लिल शब्द बोल्ने, यौन अंगहरू देखाउँने गरेको ती किशोरीले प्रहरीसामु बताएकी छिन्।
गत असोज १० गते ललितपुर ताल्छिखेलका उमेश खत्री र भरत कार्की मिलेर घरमा काम गर्ने १४ वर्षीया बालिका बलात्कार गरे। पूर्वतिर घर भएकी ती बालिका केही वर्षदेखि सो घरमा काम गर्दै थिईन्।कार्की र खत्री साला भिनाजु हुन्।
उनीहरूले पालैपालो मिलेर ती बालिकाको बलात्कार गर्ने गरेको प्रहरीमाथि बालिकाले उजुरी दिएकी थिइन्। ती बालिकाले विद्यालयका शिक्षकलाई घरमालिकले यस्तो गर्ने गरेको बताएपछि प्रहरीले दुवै जनालाई समातेर मुद्दा चलायो।
गत असोज ७ गते धापाखेलका १५ वर्षै युवक ५ वर्षको बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परे। गत साउन साउन २८ गते ललितपुरकै धापाखेलमा ४९ वर्षका एक बाबुले आफ्नै बालिका छोरी बलात्कार गरे।
प्रहरीले ती बलात्कार गर्ने बाबुलाई समात्यो। श्रीमती वैदेशिक रोजगारमा गएको बेला ती बाबुले छोरीमाथि नै बलात्कार गरेको प्रहरीले जनाएको छ। ती बाबु पहिला पनि जवर्जस्ती करणी मुद्दामा जेल परेर छुटेका थिए।
बालिकामाथि बलात्कार भएको घटना हेर्दा अधिकांश घटना बालकका छिमेकी र आफन्तबाट भएको देखिन्छ। केन्द्रीय बालकल्याण समितिले पनि बालिकाहरु छिमेकी र आफन्तबाट असुरक्षित रहेको बताएको छ।
केन्द्रीय बालकल्याण समितिले गरेको एक अध्ययनमा बालबालिकामाथि भएको कुल बलात्कारका घटनामध्ये ८७ प्रतिशत छिमेकी, आफन्त र आफ्नै बुवाबाट भएको छ । यस वर्ष भएका कुल ९६ घटनामध्ये ४ प्रतिशत घटना आफ्नै छिमेकीबाट भएको पाइएको छ।
त्यस्तै, चिनजानको व्यक्तिबाट २९ प्रतिशत, आफ्नै बुवाबाट १३ प्रतिशत शिक्षकबाट ७ प्रतिशत र घरेलु कामदार बालबालिकालाई घरधनीबाट ६ प्रतिशत बालिकाहरु बलात्कृत भएका छन् ।
प्रहरी प्रधान कार्यालयले गत ४२ महिनामा बलात्कारका ३ हजार ७ सय ३० घटना भएको जनाएको छ। त्यसमा १ हजार १ सय ८४ जना बालिका बलात्कृत भएका छन् । प्रहरीको अनुसार पनि अधिकांश बालिका चिनजानकै व्यक्तिहरुबाट बलात्कृत हुन पुगेका छन् ।
केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार गत ४ महिनामा ३५ प्रतिशत बालिका बलात्कारको शिकार भएका छन् ।
एक वर्षमा ५० देखि ६० प्रतिशत बालिका यौन हिंसाको शिकार हुन बाध्य छन्। बाल यौनदुराचारीले सहजै बालिकाहरु प्रभावमा पार्न सक्ने धितालको भनाइ छ।
कानुन कडा भएर मात्र नहुने भन्दै धितालले मानविय सचेतना आबश्यक रहेको उनले बताए। यसलाई रोक्न बालबालिका स्वयम र उनका अभिभावकलाई सचेत गर्नुपर्ने धितालको भनाइ छ।
समुदायमा पनि आवश्यक मात्रामा सचेतना नपुगेको समितिको निष्र्कष छ । कतिपय स्थानमा बलात्कारीलाई समाजले उन्मुक्ति दिने गरेको भेटिएको भन्दै धितालले समाजमा इज्जत जान्छ भन्ने डरले धेरैले सत्यकुरा बाहिर ल्याउन समेत नसकिरहेको बताए।
बलात्कृत भएकी बालिकालाई अदालतले न्याय दिएपछि त्यसपछि उनलाई सरकारले सहयोग गर्न नसकेको धितालले बताए। ऐनका अनुसार जर्वजस्ती करणी गर्नेलाई कडा कारबाहीको ब्यवस्था छ। कडा कारबाहीको ब्यवस्था भएता पनि यो रोकिएको छैन् ।
कतिपय स्थानमा बलात्कारको मुद्दा मिलाउन स्थानीय प्रतिनिधिले प्रहरीलाई नै दबाब दिने गरेको भेटिएको छ। मुलुकी ऐनको करणी सम्बन्धी कसूर २१९ मा जवर्जस्ती करणी गर्न नहुने उल्लेख छ ।
कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ मुलुकी ऐनमा भनिएको छ।
करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन, होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन, गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्ग बाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जवर्जस्ती करणी गरेको मानिनेछ मुलुकी ऐनमा भनिएको छ।
जवर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी देहाय बमोजिम कैद हुनेछ । दश वर्षभन्दा कम उमेरकी बालिका भए सोह्र वर्षदेखि बीस वर्षसम्म, दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए चौध वर्षदेखि सोह्र वर्षसम्म, चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म, सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्षसम्म, अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म कैदको ब्यवस्था छ ।