दाङमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मानपुर निवासी ५९ वर्षीया विष्णु विश्वकर्माको सोमबार दिउँसो मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ प ४९९० नम्बरको मोटरसाइकलले विश्वकर्मालाई दिउँसो साढे एक बजेतिर तुलसीपुर १८ विजौरीमा ठक्कर दिएको थियो।
गम्भीर घाइते विश्वकर्माको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा दिउँसो १ : ५५ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सोमवार नै दाङको तुलसीपुर क्षेत्रमा भएका थप दुइटा दुर्घटनामा अन्य दुई जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।