मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँमा माइक्रो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
मोरङ प्रहरीका अनुसार काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेकोे बा ४ ख ६९१९ नम्बरको माइक्रो सोमबार बिहान अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनमा झापा भद्रपुर नगरपालिका १५ का ५२ वर्षीया श्यामा कार्की र सोही ठाउँकी ५१ वर्षीया उमा निरौलाको उपचारको क्रममा मृत्यु भएको छ।
त्यसैगरी, माइक्रोका चालक झापा दमक ५ बस्ने ५० वर्षीय धिरज न्यौपाने, सहचालक धनुषा मिथिला नगरपालिका ८ लालगढ बस्ने २२ वर्षीय दीपक पाण्डे, झापा दमक ९ बस्ने अन्दाजी ४० वर्षीया नरमाया तामाङ, दमक ८ बस्ने २६ वर्षीया बिनु मैनाली, चन्द्रगडी बस्ने ७६ वर्षीय नारायण वैध, भद्रपुर ८ बस्ने ३३ वर्षीय प्रकाश कोइराला, भद्रपुर-११ बस्ने १९ वर्षीया मन्जु तामाङ, भद्रपुरकै १९ वर्षीया साबित्री राई, विर्तामोड-८ बस्ने ५० वर्षीया पुण्य कुमारी विष्ट र काठमाडौं गोठाटार बस्ने ३० वर्षीया पुनम लामा घाइते भएका छन्।
घाइतेको विराटनगर, धरान र इटहरीका अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी गछियाले जनाएको छ।