देशका पूर्वी र मध्य भागमा शुक्रबार साँझदेखि सुरु भएको पानी पर्ने क्रम बुधबारसम्म लम्बिने भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लगातार झरी नपरे पनि पूर्वी र मध्य भागमा छिनछिनमा मौसम बदली भइरहने क्रम बुधबारसम्म चल्नेछ।
‘हामीले अनुमान गर्ने ७२ घन्टाको हो, बुधबारसम्म बेलाबेलामा पानी पर्ने र बदली भइरहने देखिन्छ,’ महाशाखाका मौसमविद् वरुण पौडेलले भने,'पश्चिमी भागमा भने मौसम खुल्दै आइरहेको छ।'
मेचीदेखि महाकालीसम्म बनेको न्यूनचापीय प्रणालीका कारण तराई र पहाडी भेगमा मौसम बदली भएको उनले बताए।
‘स्थानीय मौसम प्रणाली पनि मिसिँदा केही ठाउँमा असिना पनि परेको छ,’ पौडेलले भने।