काठमाडौंको नागढुंगाबाट बहुमुल्य रुवी पत्थरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नागढुंगामा चेकपोष्टमा खटिएको प्रहरी टोलीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ५८४६ नम्बरको यात्रुबाहक बसमा सवार धादिङ निलकण्ठ नगरपालिका ४ का २१ सूर्य तामाङको साथबाट उक्त रुवी पत्थर बरामद गरेको हो।
नियमित चेकजाँचका क्रममा तामाङको साथबाट रुवी जस्तो देखिने पत्थर बरामद भएको र त्यसलाई परीक्षणका लागि पुरातत्व विभाग पठाइने काठमाडौं प्रहरीले जनाएको छ।