लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति केन्द्र निर्माण हुने भएकोछ । बुद्ध जयन्तीको अवसर पारेर आइतबार पर्यटन मन्त्री रविन्द्र अधिकारीले युनिभर्सल पीस केन्द्रको शिलान्यास गरेका हुन्। दुई वर्ष अगाडि जग्गा प्राप्ती गरेको ‘द महासिद्ध स्यान्चुरी फर युनिर्भर्सल पीस’ केन्द्रको भवनको आइतबार एक कार्यक्रमबीच शिलान्यास भएको हो।
भवन निर्माणको अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसमेत पुग्नेछन्।
कमलको फूल आकारमा सेतो रंगमा बन्ने भवन निर्माणको मुख्य उद्धेश्य शान्तिको सन्देश फैलाउनु हो। करोडौं लागतमा बन्ने भवनको लागत संकलन चन्दाबाट गरिने बताईएको छ । पीस पार्कमा बिभिन्न आर्कषण ध्यान केन्द्र बनाउने योजना रहेको छ ।
जसमा साल बृक्ष मुनी मायादेखिको कोखबाट जन्मदै गरेको भगबान गौतमबुद्धको बिशाल र शुन्दर मुर्ति राखिनेछ । चारबाट प्रवेश द्धारबाट प्रवेश गर्नेलाई ब्यात प्राकृतिक प्रशाक अनियसमा विद्यामान वास्तु संरचनाल र मुक्तिकलाले अलौकिक परिबेश सृजना गर्ने श्याल्पा तेन्जिन रिन्पोचेकोले जानकारी दिए।
भगबान बुद्धको २५६२ औ जन्मजयन्तीको अशवरमा भवन शिलान्यास गर्न पाउदाँ आफुहरु निकै खुसी भएको बता रिन्पोचेले बताए।
यस्तै सुनौलो गजुर,द युनिभर्सल पीस लाईब्रेररी, द पी म्युजियम शान्ति सँग्रहालय, च्यारिटेवल एक्टिभिटिज रहनेछन्।
सिलान्यास गर्दै मन्त्री अधिकारीले केन्द्रको सम्पूर्ण काम तोकिएको समयमै सम्पन्न गर्न आग्रह गर्दै भगवान बुद्धको बारेमा धेरै प्रचार प्रसार गर्न बाँकी रहेको बताए।
केन्द्रको निर्माण सम्पन्नको लक्ष्य ४ वर्षको लिएको छ।
शिलान्यास कार्यक्रममा बोल्दै श्याल्पा तेन्जन रिन्पोचेले बुद्ध भूमि लुम्बिनीमा आफूहरु धेरै काम गर्न खोजेको जानकारी दिए। उनले त्यसका लागि सरकार र स्थानीयको सहयोग हुनुपर्ने माग गरे।
‘नेपाल त्यस्तो ठाउँ हो जहाँ हरेक देशका नागरिक आउन आतुर छन्। तर, यहाँको प्रचार प्रसार पुगेको छैन, त्यस तर्फ पनि सम्बन्धित पक्षले सोच्नु पर्छ,’ उनले भने।