साढे ३३ केजी सुन काण्डमा मुछिएका एसएसपीसहित तीन प्रहरी अधिकारी निलम्बनमा परेका छन्।
प्रहरी प्रधान कार्यालयले एसपी विकास खनाल, डिएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेललाई निलम्बन गरेको हो।
प्रहरी नियमावलीअनुसार कर्तव्य ज्यान र संगठित अपराधमा अनुसन्धान सुरु भएसँगै उनीहरु निलम्बनमा पर्ने प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए।
प्रहरीले पक्राउ परेका तीनै जनालाई कर्तब्य ज्यान तथा संगठित अपराध मुद्दामा अनुसन्धान अघि बढाएको छ।