प्रहरीले चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।
आफूले काम गरेको पसलबाट भाडा चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौंको नरदेवीस्थित महेश थपलियाको भाडा पसलमा काम गर्ने नुवाकोट कसनीका अर्जुन सेढाईं र गोरखा भिमसेन नगरपालिका १ का सन्तोष पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरू दुवै जना मिलेर थपलियाको पसलबाट तामा र पित्तलका गरी ७ लाख बराबरका साइन कचौरा चोरी गरेको प्रहरीले जनाएको छ।
चोरीपछि फरार रहेका दुवै जनालाई महानगरीय प्रहरी वृत्त जनसेवाको प्रहरी टोलीले पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।