प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विष्फोट गराएको आशंका प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
वैशाख ९ गते यादवको हात्तीवनस्थित निवासमा बम विष्फोट गराइएको थियो भने निवास परिसरमा राखिएको अर्को शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो।
प्रहरीले बम विष्फोटमा संलग्न रहेको आशंकामा ललितपुरका मोहन प्रसाद शिवाकोटी, काठमाडौंका युवराज पराजुली, सुरेन्द्र भन्ने ढक बहादुर श्रेष्ठ र भिमसेन घिमिरेलाई नियन्त्रणमा लिएको छ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ।