७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर कटारी नगरपालिका–३ ताराघारी च्याङ्गाका ५० वर्षीय साइला भन्ने भालु विकलाई प्रहरीले पक्राउ गरेको छ।
विकले बुधबार सोही ठाउँकी ७ वर्षीया बालिकालाई विद्यालयबाट घर आउँदै गरेको बेलामा ललाईफकाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका विकलाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।