प्रहरीले बाँकेको नेपालगञ्जबाट २५ टन प्रतिबन्धित दाल बरामद गरेको छ।
नेपाल प्रहरीको ५ नम्बर प्रदेश प्रहरीको विशेष टोलीले बिहिबार नेपालगञ्जबाट ‘अगेडा’ नामक प्रतिबन्धित दाल बरामद गरेको हो।
विभिन्न स्थानबाट संकलन गरी प्रतिबन्धित २५ सय किलो दाल बरामद गरिएको नेपालगञ्ज प्रहरीले जनाएको छ।
अन्य दालसँग मिसाएर बेच्ने प्रयोजन हुने गरेको भन्ने सूचनापछि ब्यूरोको टोलीले उक्त दाल बरामद गरेको हो।
बरामद गरिएको दाल मावन स्वास्थ्यमा हानी पुर्याउने भन्दै २०४९ सालदेखि उत्पादन तथा विक्री वितरणमा प्रतिबन्ध लगाइएको थियो।
बरामद दाल आवश्यक कारवाहीका लागि नापतौल कार्यालय बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ।