विनासकारी महाभूकम्पले तीन वर्षअगाडि काठमाडौंसहित १४ जिल्लाको जनजीवन अस्तव्यस्त बनायो।
पुननिर्माण प्राधिकरणका अनुसार काठमाडौं उपत्यकाभित्रका ४ सय ६० सांस्कृतिक सम्पदामा ठूलो नोक्सान पुर्यायो। यसमध्ये विश्व सम्पदा सूचीमा समावेश १ सय ४० सम्पदा क्षतिग्रस्त बने।
तर आशा गरे अनुसार क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण हुन सकेको छैन। विश्व सम्पदा सूचीमा समावेश सम्पदामध्ये काठमाडौं उपत्यकाभित्रका २२ प्रतिशत सम्पदाको मात्रै पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, सम्बन्धित स्थानीय तह, विभिन्न संघसंस्था तथा विदेशी दातृ निकायसमेतको सहकार्यमा विश्व सम्पदा सूचीमा समावेश सम्पदाहरूको पुनर्निर्माण भइरहेको छ।
निर्माण सम्पन्न भएका ३१ सम्पदामध्ये भक्तपुर दरबार क्षेत्रका ६, चाँगुनारायण २, हनुमानढोका दरबार क्षेत्रका ११, स्वयम्भू ६, पाटन ४, बौद्धनाथ १ र पशुपतिनाथ १ छन्। बाँकी निर्माणकै क्रममा छन्। कतिपय त अझै निर्माण सुरू भएको छैन।
बौद्धनाथ स्तूपा :सबैभन्दा छिटो पुनर्निर्माण सम्पन्न भएको एक मात्र सम्पदा बौद्धनाथ स्तुपा हो। यो गत वर्षको कार्त्तिकमै पुनर्निर्माण सम्पन्न भएको हो। स्तूपा सोही वर्षको (२०७३ साल) मंसिरदेखि सर्वसाधारणका लागि खुला भइसकेको छ।
यसरी भत्किएको थियो-यस्तो भयोवसन्तपुर दरबार:भूकम्पले सबैभन्दा धेरै क्षति हनुमानढोका दरबार क्षेत्रमा पुर्याएको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, सम्बन्धित स्थानीय तह, विभिन्न संघसंस्था तथा विदेशी दातृ निकायसमेतको सहकार्यमा यहाँ धमाधम पुनर्निर्माण भइरहेको छ ।
भुइँचालोमा भत्किएको हनुमानढोका दरबारक्षेत्रस्थित गद्दी बैठक जिर्णोद्धार अन्तिम चरणमा पुगेको छ। अमेरिकी सहयोगमा भइरहेको जिर्णोद्धार जेठसम्म सकेर नेपाललाई हस्तान्तरण गरिने पुरातत्व विभागले जनाएको छ।
यस्तो थियो-यस्तो भयोभक्तपुर दरबार:भक्तपुर दरबार क्षेत्रका सबै सम्पदाको पुनर्निर्माण सम्पन्न हुन अझै केही समय लाग्ने देखिन्छ।
विदेशी सहयोगविनै पुनर्निर्माण द्रूत भइरहेको भक्तपुर नगरपालिकाले जनाएको छ। विश्व सम्पदामा सूचीकृत दरबार क्षेत्रमा पुरातत्व विभागकै कतिपय कामलाई नगरपालिकाले अनुगमन गरेर सही तरिकाबाट गर्न निर्देशन दिइरहेको छ।
भक्तपुर नगरले पुनर्निर्माणमा सहयोग गर्न उपभोक्ता समिति गठन गरेको छ। समितिले गर्न नसकेका काम मात्र नगरपालिकाले गर्छ।
यस्तो थियोयस्तो भयो चाँगुनारायण:चाँगुनारायणका २ वटा सम्पदाको पुनर्निर्माण भइसकेको छ । निर्माण कार्य अझै जारी छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, सम्बन्धित स्थानीय तह, विभिन्न संघसंस्था तथा विदेशी दातृ निकायसमेतको सहकार्यमा यहाँ धमाधम पुनर्निर्माण भइरहेको छ ।
यस्तो थियोपाटन दरबार:पाटन दरबार क्षेत्र पनि पुनर्निर्माणकै क्रममा छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, सम्बन्धित स्थानीय तह, विभिन्न संघसंस्था तथा विदेशी दातृ निकायसमेतको सहकार्यमा यहाँ धमाधम पुनर्निर्माण भइरहेको छ ।
पशुपति क्षेत्र