३३ किलो सुन प्रकरणमा छानबिनका लागि एसपी विकासराज खनाललाई नियन्त्रणमा लिएको छ। मंगलबार साँझ मकवानपुर जिल्लाका प्रहरी प्रमुखका रूपमा कार्यरत खनाललाई नियन्त्रणमा लिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।
गृह मन्त्रालयबाट गठित समितिले मंगलबार खनालसँग बयान समेत लिएको थियो। बयानलगत्तै उनलाई नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालयको एक नम्बर गणमा लगिएको स्रोतले जनायो। गत आइतबार समितिले पूर्व डिअाइजी गोविन्द निरौलालाई पनि पक्राउ गरेको थियो।